गगनले अवधारणा पत्र सार्वजनिक गर्दै भने : बुझेर पार्टीको सदस्यता लिएको थिइन
उनले नेपाली कांग्रेस पार्टीको सदस्यता जानेर बुझेर नलिएको बताए। 'नबुझी लिए पनि पार्टीसँगको सम्बन्ध ३० वर्ष भएको छ,' उनले भने। घरमा आउने कांग्रेसको झन्डा बोक्नेहरू आएपछि बाल्यकालमै मस्तिष्कमा कांग्रेसको छाप परेको उनले बताए।
पछि बुझ्ने भए पनि कांग्रेस सदस्य भएकोमा आफूलाई गौरव लागेको बताए।
विशाल रुखको छहारी मुनी बसेको अनुभव भइरहेको र जय नेपाल भन्ने भिडको बिचमा बसेको अनुभूति हुने भन्दै त्यो जय नेपाल भन्ने भिडमा टोपी लगाउने र धोती लगाउने सबै रहेको बताए।
मंसिर २३, २०७८ बिहीबार १६:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।