कांग्रेसको खातामा १० करोड मौज्दात

पार्टी कार्यालय ललितपुर सानेपामा बसेको केन्द्रीय समिति बैठकले राजनीतिक, आर्थिक, लेखा र प्रशिक्षणसम्बन्धी प्रतिवेदन पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
केन्द्रीय समितिले पारित गरेको प्रतिवेदनलाई महाधिवेशनको उद्घाटन सत्रपछि प्रस्तुत गरिने प्रवक्ता शर्माले बताए।
कांग्रेसको १३ औँ महाधिवेशनपछि निर्वाचित केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले १४ औँ महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन पारित गरेको हो।
प्रवक्ता शर्माले कांग्रेसको खातामा हाल १० करोड रुपैयाँ भन्दा धेरै नगद मौज्दात रहेको जानकारी दिए।
मंसिर २३, २०७८ बिहीबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।