कांग्रेस महाधिवेशन : शुल्क ३ हजार, झोलामा पार्टीको विधान   

कांग्रेस महाधिवेशन : शुल्क ३ हजार, झोलामा पार्टीको विधान   

कांग्रेसले शुल्क बुझाएसँगै प्रतिनिधिलाई झोला दिने जनाएको छ। महाधिवेशन अवधिभर प्रतिनिधिलाई खाने र बस्ने सुविधा दिइने कांग्रेसले जनाएको छ। 

कांग्रेसले मास्क, खाने बस्ने कुपन, कापी कलम, स्यानिटाइजर, पार्टीको विधान र नियमावली झोलामा राखेर दिने छ। कांग्रेसको १४ औँ महाधिवेशन शुक्रबार उद्घाटन हुँदै छ। 

कांग्रेस ४ हजार ३१९ महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ। 

मंसिर २३, २०७८ बिहीबार १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।