४२ लाख हिसाब नमिल्दा हत्या गरेको अभियोगमा बाल्यकालका साथी पक्राउ

४२ लाख हिसाब नमिल्दा हत्या गरेको अभियोगमा बाल्यकालका साथी पक्राउ

प्रहरीले उनलाई उपचारको लागि मध्यपुर अस्पताल पुर्यायो। तर उपचारको क्रममा उनको मृत्यु भयो। 

आफ्नै साथीबाट हत्या भएको आशंका 
महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख शिवकुमार श्रेष्ठका अनुसार हत्याको आशंकामा दुई जना पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भक्तपुरक बालकोटकै २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङका बालकोट बस्ने ३० वर्षीय प्रेम विश्वकर्मा रहेका छन्।

हेमन्त राजनकै बाल्यकालदेखिको साथी रहेको प्रहरी वृत्त थिमीका प्रमुख श्रेष्ठले बताए। श्रेष्ठले भने, ‘प्रारम्भिक अनुसन्धानले आर्थिक लेनदेन नमिलेको देखिएको छ।’ त्यस्तै राजनलाई कुट्ने योजना बनाउने पनि हेमन्त नै रहेको उनको भनाइ छ।

पक्राउ परेका दुई जना अभियुक्तका अनुसार केही समयअघि ७ लाख रुपैयाँ राजन श्रेष्ठले ऋण लगेका थिए। त्यसमध्ये ५ लाख उनले तिरिसकेका थिए। दुई लाख तिर्न बाँकी थियो। त्यस्तै जग्गा लगायतको कारोबार गर्दा अप्रत्यक्ष रूपमा ४२ लाख रकमको पनि हिसाब नमिलेको हो कि भन्ने आंशका प्रहरीले गरेको छ।

याकिन कति रकमको हिसाब नमिलेको हो खुल्नै बाँकी रहेको प्रहरीले जनाएको छ।

मंसिर २३, २०७८ बिहीबार १३:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।