शेखर र प्रकाशमान फकाउन नेताहरूलाई जिम्मेवारी बाँडफाँट

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका आकांक्षीद्वय शेखर कोइराला र प्रकाशमान सिंहलाई फकाउन नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरिएको छ। संस्थापनइतर प्यानलबाट कोइराला र सिंहले सभापतिमा दावी गर्दै आएपछि एक जनालाई मात्र अघि बढाउने हिसावले नेताहरूको दौडधुप सुरु भएको छ।
कोइरालासँग छलफल गर्न गगन थापा, धनराज गुरुङ र चन्द्र भण्डारीलाई जिम्मा दिइएको छ भने महेश आचार्य, अर्जुन नरसिंह केसी र बलबहादुर केसीले प्रकाशमान सिंहसँग छलफल गर्नेछन्।
केही बेरअघि सम्पन्न शेखर कोइरालाले बोलाएको बैठकले यस्तो निर्णय गरेको हो। यता कोइरालाले भने रामचन्द्र पौडेलको नाममा सहमति भए आफू बाधक नबन्ने पनि बताएका छन्। यद्यपि, उनले सभापतिमा आफ्नो दावी भने छोडिहालेका छैनन्।
मंसिर २३, २०७८ बिहीबार ११:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।