देउवाले किताब विमोचन गरिदिएपछि बदलामा प्रकाशशरणले गरे तारिफै तारिफ

देउवाले किताब विमोचन गरिदिएपछि बदलामा प्रकाशशरणले गरे तारिफै तारिफ

काठमाडौंः नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतद्वारा लिखित 'नेपाली कंग्रेस एण्ड नेशन बिल्डिङ' किताब विमोचन भएको छ। लैनचोर व्याङ्क्वेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पुस्तक विमोचन गरेका हुन्।

विमोचन कार्यक्रममा बोल्दै महतले आफूले स्नातकोत्तर पढ्दा लेखेको थेसिसलाइ पुस्तकको आकार दिएको र कन्टेन्ट थपेको बताए। उनले कांग्रेसको आर्थिक नीति र नेपालको आर्थिक नीति पुस्तकमा चित्रण गरेको बताए। उनले बिपि कोइरालाले कोरेको खाका र त्यसले ल्याएको रूपान्तरणको बारेमा लेखेको बताए। 

उनले बिपीले अपनाएको आर्थिक नीति अहिले नेपालमा लागू नभएको भन्दै शेरबहादुर देउवाको नेतृत्त्वमा दोस्रो कार्याकालममा त्यो सपना पूरा गर्ने बताए। उनले देउवाले पार्टी एक बनाउने भन्दै अबको चुनाब जितेर नेपालमा आर्थिक रूपान्तरण गर्ने पनि बताए। 

यस्तै कांग्रेसलाई आधुनिक गतिशील पार्टी बनाउने अभिभारा पनि शेरबहादुर देउवाले बोकेको बताएका थिए।

यता देउवाले कांग्रेसको आसन्न महाधिवेशन नेपालको प्रजातन्त्र र भविष्यका लागि महत्त्वपूर्ण रहेको बताए। उनले सकभर सहमतिमा नेतृत्त्व टुंगो लगाउने पनि बताए।

यस्तै सहमति हुन नसकेको खण्डमा अस्वस्थ प्रतिस्पर्धा र कटुता नराख्न पनि उनले आग्रह गरे।

मंसिर २३, २०७८ बिहीबार १०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।