कांग्रेस सभापतिमा गगनको रोजाइ शेखर !

कांग्रेस सभापतिमा गगनको रोजाइ शेखर !

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनको एक दिनअघि सभापतिमा आकांक्षी डा. शेखर कोइरालाले काठमाडौंमा आफू पक्षीय नेता/कार्यकर्ताहरूको बैठक डाकेका छन्। बैठक बसुन्धरास्थित दियालो पार्टी प्यालेसमा जारी छ।

कोइरालाको सचिवालयका अनुसार बैठकमा उपलब्ध नेता/कार्यकर्ताहरूको राय बुझ्ने काम भइरहेको छ।

यता कांग्रेस महामन्त्रीका आकांक्षी गगन थापासहित अर्जुन नरसिंह केसी र महेश आचार्य पनि सो बैठकमा उपस्थित छन्। गगनले भने सभापतिमा शेखरलाई अघि बढाउनुपर्ने बताएका छन्। उनले काठमाडौंमा प्रकाशमानसँग आफ्नो राजनीति गाँसिए पनि पार्टीमा भने शेखरसँग गाँसिएको भन्दै उनलाई अघि सार्न प्रस्ताव गरेका हुन्। 

केसीको पनि शेखर नै रोजाइमा रहेको उनले प्रष्ट पारेका छन्। 

बैठकमा उपस्थित एक नेताका अनुसार शेखरको नाममा सहमति नभए वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्नुपर्ने कुरा पनि बैठकमा उठेको छ।

मंसिर २३, २०७८ बिहीबार १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।