अटो रिक्सा पल्टिदा १३ दिने बालिकाको मृत्यु, २ जना घाइते

बाराः जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-१ टेलिकमनजिकै हिजो साँझ अटो रिक्सा पल्टिदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा २ जना घाइते भएका छन्।
मृत्यु हुनेमा सोही ठाउँका रविन कार्कीकी १३ दिने छोरी इभा रहेकी छिन्। उपचारको लागि वीरगञ्जस्थित वयोधा अस्पताल पुर्याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। राति ८ बजे विकासशील चोकबाट सिमरातर्फ जाँदै गरेको ना२ह ५३१६ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर पल्टिएको थियो। रिक्सासहित चालक प्रहरीको नियन्त्रणमा छन्।
मंसिर २३, २०७८ बिहीबार ०९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।