गण्डकीका मुख्यमन्त्री पोखरेलले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

गण्डकीका मुख्यमन्त्री पोखरेलले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौंः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार साँझ आयोजित एक कार्यक्रममा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

बिपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको उनको भनाइ छ। पोखरेलले मुलुकलाई अप्ठ्यारो परेको बेला निकास दिने कांग्रेस भएकाले अबको चुनावमा प्रष्ट बहुमत ल्याउने गरी महाधिवेशनपछि तयारी थाल्नुपर्ने बताए।

कांग्रेसको १४औं महाधिवेशन भोलिबाट सुरु हुँदैछ। २७ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना हुँदैछ। 

मंसिर २३, २०७८ बिहीबार ०९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।