यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते

यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते

नवलपरासीपूर्व: जिल्लाको गैंडाकोट नगरपालिका-७ जयश्री पुलनजिकै आज बिहान यात्रुबस दुर्घटना भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्।

आज बिहान ४ बजे दाङबाट काठमाडौं आउँदै गरेको ना७ख ४०३८ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको थियो। घाइतेहरूको उपचार भरतपुर स्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा भइरहेको छ।

मंसिर २३, २०७८ बिहीबार ०९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।