१७ वर्षपछि बार्सिलोना पहिलो पटक समूह चरणबाटै बाहिरियो

एजेन्सीः स्पेनिस क्लब बार्सिलोना जारी च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ। जर्मन क्लब बायर्न म्युनिखसँग ३-० गोलअन्तरले पराजित हुँदै बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा यहीँ टुंगिएको हो।
बायर्नको जितमा थोमस मुलर, लोरी साने र जमल मुसिआलाले एक-एक गोल गरे। र बार्सिलोना १७ वर्ष यता पहिलो पटक समूह चरण पार नगरी प्रतियोगिताबाट बाहिरियो। यसअघि सन् २०००/०१ सिजनमा पनि बार्सिलोना समूह चरणबाटै बाहिरिएको थियो।
बायर्न भने समूह 'ई' बाट अन्तिम १६ मा पुग्यो।
मंसिर २३, २०७८ बिहीबार ०८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।