मौसम अपडेट: प्रदेश १को पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १को पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पहाडी भूभागमा भने आंशिक बदली रहेको छ।
यस्तै आज दिउँसो प्रदेश नं १को भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पनि यही मौसम प्रणाली जारी रहनेछ। यस्तै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
मंसिर २३, २०७८ बिहीबार ०७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।