एमालेको केन्द्रीय समिति बैठक बस्ने

काठमाडौँ : एमालेले पोलिट्ब्युरो गठन लगायतका निर्णय गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठन, केन्द्रीय कमिटीमा मनोनयनलगायत १५ वटा कार्यसूची रहेको छ।
कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय सल्लाहकार परिषद् गठन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश कमिटीको अधिवेशनको मिति निर्धारण, नेताको कार्य विभाजन र वरियताक्रम निर्धारण लगायतका कार्यसूची छन्।
चितवनमा भएको महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय कमिटीमा १० प्रतिशतसम्म मनोनयन हुने व्यवस्था छ।
मंसिर २२, २०७८ बुधबार २१:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।