कांग्रेसले बिहीबार बोलायो केन्द्रीय समितिको बैठक

कांग्रेसले बिहीबार बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ : नेपाली कांग्रेसले बिहीबार केन्द्रीय समितिको बैठक राखेको छ। पार्टी कार्यालय सानेपामा बिहान साढे ११ बजे केन्द्रीय समितिको बैठक डाँकेको हो।

बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य आमन्त्रित सदस्यलाई अनिवार्य उपस्थितिका लागि पार्टीले निर्देशन दिएको काँग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मङ्सिर २४ बाट कांग्रेसको १४ औँ महाधिवेशन हुँदैछ। सो बैठक यो कार्यकालको अन्तिम बैठक हो हैन खुलाइएको छैन।

मंसिर २२, २०७८ बुधबार २१:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।