भारतको चिफ अफ डिफेन्स विपिनको निधन

भारतको चिफ अफ डिफेन्स विपिनको निधन

काठमाडौँ : भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको मृत्यु भएको छ। भारतको तमिलनाडुमा भएको दुर्घटनामा रावत गम्भीर घाइते भएका थिए।

बुधवार दिउँसो दुर्घटनामा परेको भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टरमा सवार रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ।

रावतसँगै रहेकी उनकी श्रीमती मधूलिका रावतको समेत मृत्यु भएको छ। हेलिकप्टरमा रावतसहित १४ जना थिए।  

रावत भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ समेत हुन्। भारतीय स्थल सेनाको प्रमुख रहेका रावतलाई भारत सरकारले गत जनवरीमा चिफ अफ डिफेन्समा नियुक्त गरेको थियो।

उनी बुधवार तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाँदै थिए। त्यही क्रममा हेलिकप्टर दुर्घटना भएको थियो।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावत तथा उनकी पत्नी मधूलिका रावत, ब्रिगेडियर एलएस लिड्डेर र लेफ्टिनेन्ट कर्नेल हरजिन्दर सिंह, पीएसओहरू नायक गुर्सेवक सिंह, नायक जितेन्द्र कुमार, लेन्स नायक विवेक कुमार, लेन्स नायक एनके बी साइ तेजा र हाव सत्पाल चढेका थिए।

 

मंसिर २२, २०७८ बुधबार १९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।