भारतीय सेनाको हेलिकप्टर दुर्घटना: ११ शव फेला, जनरल विपीन रावत गम्भीर हालतमा

भारतीय सेनाको हेलिकप्टर दुर्घटना: ११ शव फेला, जनरल विपीन रावत गम्भीर हालतमा

एजेन्सीः भारतीय सेनाको हेलिकप्टर दुर्घटना भएको छ। भारतको तमिलनाडु राज्यको कुन्नर जङ्गलमा बुधबार सेनाको एमआई-१७भी५ हेलिकप्टर दुर्घटना भएको हो।

हेलिकप्टरमा भारतीय वायु सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत पनि सवार थिए। यस्तै उनकी श्रीमती मधुलिका समेत सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। कुल हेलिकप्टरमा १४ भारतीय सैनिक सवार थिए। 

हालसम्म दुर्घटनास्थलबाट ११ शव फेला पारिएको छ। ती पूर्णरूपमा जलेको अवस्थामा छन्। यस्तै जनरल रावतलाई पनि गम्भीर हालतमा फेला पारेपछि अस्पताल लगिएको छ। यद्यपि उनको स्वास्थ्य अवस्थाबारे अन्य जानकारी उपलब्ध गराइएको छैन। 

विपीन रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन्। उनी यसअघि सेना प्रमुखको पदमा आसिन थिए। 

मंसिर २२, २०७८ बुधबार १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।