कलाकार जोगिन्दर भए काँग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौँ : कला क्षेत्रमा जोगिन्दर उपनामले परिचित शिव शंकर रिजाल नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएका छन्। उनी काँग्रेसको १४ औँ महाधिवेशनमा सर्लाही–४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
उनी नेपाल सांस्कृतिक सङ्घका महामन्त्रीसमेत हुन्। उनी क्षेत्रीय अधिवेशनमा ५ सय १३ मतसहित विजयी भए। मङ्गलवार सर्लाही–४ को गोडैता नगरपालिका–५ स्थित एक विद्यालयमा अधिवेशन भएको थियो।
बरहथवा नगरपालिका-१५ निवासी उनी सर्लाहीबाट काँग्रेस महाधिवेशन प्रतिनिधिमा दोस्रो पटक निर्वाचित भएका हुन्। नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका रिजाल सर्लाही–४ बाट क्रियाशील सदस्य छन्।
दोस्रो पटक सर्लाहीबाट काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका रिजालले मतदाताप्रति आभार व्यक्त गरेका छन्।
मंसिर २२, २०७८ बुधबार १४:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।