खोप नलगाएका व्यक्ति सार्वजनिक यातायात चढ्न नपाउने

खोप नलगाएका व्यक्ति सार्वजनिक यातायात चढ्न नपाउने

एजेन्सीः खोप नलगाएका व्यक्तिलाई सार्वजनिक यातायातमा प्रतिबन्ध लगाइएको छ। ओमिक्रोनको संक्रमण थप फैलिन थालेपछि जिम्बाबेमा कोरोना भाइरसविरुद्धको खोप नलगाएका नागरिकलाई सार्वजनिक यातायातमा प्रतिबन्ध लगाइएको हो।

जिम्बाबेका सञ्चारमन्त्रीले सबैलाई खोप लगाउनका लागि अनुरोध गरेको र नलगाउनेलाई अरू पनि धेरै ठाउँमा वञ्चित र निषेध गरिने बताए। उनले विभिन्न स्थानमा खोप लगाउने व्यवस्था मिलाइएको पनि बताएका छन्।   

हालसम्म जिम्बाबेमा एक लाख ४१ हजार ६०१ जना कोरोनाबाट सङ्क्रमित भएका छन्। ती मध्ये चार हजार ७१३ जनाको मृत्यु भएको छ भने एक लाख २८ हजार ९६६ जना सङ्क्रमणमुक्त भएका छन्।  

देशभरका ३८ लाख ८२ हजार २५५ जनाले कम्तीमा एउटा खोप लगाएका छन् भने २८ लाख ९२ हजार ३६६ जनाले दुवै खोप लगाएका छन्।

मंसिर २२, २०७८ बुधबार १४:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।