मङ्सिर २५ र २६ मा एमालेको केन्द्रीय कमिटी बैठक ब‍स्ने

मङ्सिर २५ र २६ मा एमालेको केन्द्रीय कमिटी बैठक ब‍स्ने

काठमाडौंः नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटीको बैठक यही मङ्सिर २५ र २६ मा बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक भक्तपुरमा बस्ने छ। 

केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग गठनलगायत एजेन्डा रहने बताइएको छ। मङ्सिर १४ गते सम्पन्न एमालेको १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्त्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो।

त्यसयता बस्न लागेको यो दोश्रो केन्द्रीय कमिटी बैठक हो।

मंसिर २२, २०७८ बुधबार १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।