मुस्ताङमा गोरु काटेको अभियोगमा ५ जना पक्राउ

मुस्ताङमा गोरु काटेको अभियोगमा ५ जना पक्राउ

मुस्ताङः गोरु काटेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ बस्ने ४० वर्षीय आङ्गा गुरुङ लगायत ५ जनालाई गोरु काटेको अभियोगमा मंगलबार दिउँसो पक्राउ गरिएको हो।

कागबेनीमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

मंसिर २२, २०७८ बुधबार १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।