टिपर दुर्घटनामा मृत्यु 

टिपर दुर्घटनामा मृत्यु 

पाल्पाः जिल्लाको निस्दी गाउँपालिका– ७ मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका– ३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्र२–०३-००१ख ४६६९ नं को टिपरका चालक स्टार्ट बन्द नगरी गाडीबाट ओर्लेपछि गाडी ब्याक हुँदा ग२ख ३६१ नं को टिपरको बीचमा टाउको च्यापिदा योगीको मृत्यु भएको हो।

यस्तै पाल्पाकै रामपुर-५ बेझाडमा ट्र्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही इसरापुरकी मुन्न चौधरी रहेको बताइएको छ। अचानक ट्रली झरेर लाग्दा घाइते भएकी उनलाई उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

मंसिर २२, २०७८ बुधबार ११:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।