सहमहामन्त्रीको तयारी गरेका अमरेशकुमार महाधिवेशन प्रतिनिधिमै पराजित

काठमाडौंः सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४का प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। सो प्रतिनिधि सभा क्षेत्रमा पार्टी सभापति शेरबहादुर देउवाको प्यानलै विजयी भएको छ।
देउवा प्यानलका वीरेन्द्र प्रसाद सिंहको समूह महाधिवेशन प्रतिनिधिमा विजयी भएको हो। आज बिहान सम्पन्न मतगणनामा अमरेशकुमार सिंहले केवल २४८ मत प्राप्त गरे।
योसँगै सिंहको १४औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार बन्ने तयारी व्यर्थ भएको छ। उनी मधेसी कोटामा सहमहामन्त्रीको उम्मेदवार बन्ने तयारीमा थिए।
सिंह संस्थापनइतर समूहमा पनि शेखर कोइरालानिकट मानिन्छन्।
मंसिर २२, २०७८ बुधबार १०:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।