कांग्रेस महाधिवेशन: सभापतिको उम्मेदवार छनोटका लागि इतर समूह बैठकमा

कांग्रेस महाधिवेशन: सभापतिको उम्मेदवार छनोटका लागि इतर समूह बैठकमा

काठमाडौंः नेपाली कांग्रेसको संस्थापन इतर समूह सभापतिको उम्मेदवार छनोटका लागि छलफलमा व्यस्त छ। दुई दिन यता जारी बैठकले हालसम्म सभापतिको उम्मेदवार टुंग्याउन सकेको छैन। 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल हाल आफूनिकट नेता/कार्यकर्ताहरूसँग बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा छन्। जिल्लाका नेताहरू समेत सहभागी बैठकले दिएको सुझाव अनुसार नै सभापतिको उम्मेदवार अघि सार्ने पौडेल पक्षको तयारी छ। 

यो समूहबाट सभापतिमा हाल तीन जना आकांक्षी देखिएका छन्। पार्टीका महामन्त्री शशांक कोइरालाले आफू सभापतिको उम्मेदवार नबन्ने घोषणा गरेसँगै अब रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाको पार्टी सभापतिमा दावी छ।

मंसिर २२, २०७८ बुधबार १०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।