सवारीको ठक्करबाट सर्लाही र कपिलबस्तुमा पैदलयात्रीको मृत्यु

काठमाडौंः सर्लाही र कपिलबस्तु जिल्लामा सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। सर्लाहीको मलंगवा नगरपालिका-१२ गमहरियामा हिजो बेलुकी बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।
सो दुर्घटनामा एक जना घाइते भएका छन्। मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको ना६ख १९२७ नम्बरको बसले हिजो बेलुकी ८ बजे पैदल हिँडिरहेका स्थानीय ४५ वर्षीय राम उगर राय र मलंगवा ११ का ३८ वर्षीय श्याम नन्दन रायलाई ठक्कर दिएको थियो।
घाइते भएका दुवैलाई उपचारको जिल्ला अस्पताल मलंगवा पठाइएको थियो। उपचारकै क्रममा श्याम नन्दन रायको मृत्यु भएको हो। बस सहित चालकलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
यता कपिलबस्तुको कपिलवस्तु नगरपालिका-१० कटुवामा पनि हिजो बेलुकी स्करपियो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। तौलिहवाबाट जितपुरतर्फ जाँदै गरेको बा१च ३९६१ नम्बरको स्करपियो जीपले सोही ठाउँका ६० वर्षीय राम बेलास चौधरीलाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो।
तौलिहवा स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा चौधरीको गएराती सवा ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।
मंसिर २२, २०७८ बुधबार ०९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।