आज विवाह पञ्चमी, अयोध्याबाट जन्ती नै आउँछन् जनकपुर

काठमाडौंः आज विवाह पञ्चमी पर्व मनाइँदैछ। विशेषगरी नेपाल र भारतको मिथिलाञ्चलमा यो पर्वलाई उल्लासका साथ मनाइन्छ।
त्रेतायुगका राम र सीताको विवाहको उत्सव मनाइने यो पर्वका अवसरमा जनकपुरको जानकी मन्दिरमा विधिपूर्वक प्रतीकात्मक रूपमा राम र सीताको पुनः विवाह गरिने चलन छ। यसक्रममा मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार गरिने चलन छ।
भारतको अयोध्याबाट जन्ती नै नेपालको जनकपुरधाम आउने र विवाह सम्पन्न भएपछि पुनः भारत फर्किने परम्परा रहेको छ।
आजको दिन विवाह गर्न साइत पनि हेर्न नपर्ने धार्मिक विश्वास छ।
मंसिर २२, २०७८ बुधबार ०८:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।