मौसम अपडेट: प्रदेश १ मा बदली, वर्षाको सम्भावना

मौसम अपडेट: प्रदेश १ मा बदली, वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ मा बदली हुने भएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पजि देशका पहाडी भूभागमा आंशिक बदली भइरहेको छ। 

यस्तै आज दिउँसो प्रदेश नं १ को भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

आज राती भने प्रदेश नं १ र प्रदेश नं २ का भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर २२, २०७८ बुधबार ०७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।