
विधिविहीन र विवेकविहीन बनाउने कार्यविरुद्ध सङ्घर्ष गरिरहन्छु : कांग्रेस नेता केसी

काठमाडौँ : नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा पराजित जगदिशनरसिंह केसीले पार्टीलाई विधिविहीन र कार्यकर्तालाई विवेकविहीन बनाउने कामविरुद्ध सङ्घर्ष गरिरहने बताएका छन्।
चुनावमा पराजयपछि केसीले सिन्धुलीको दुम्जा पुगेर बिपीले निर्माण गरेको कांग्रेस, अघि सारेको आदर्श र देखाएको लोकतन्त्रको बाटोलाई सम्झिएको उल्लेख गरेका छन्।
उनले बिपीले परिकल्पना गरेको कांग्रेसको निष्ठा र आदर्श कोमामा पुर्याएको भन्दै अब घाटमा पुग्न दिन नहुने बताए।
‘कुनै पनि अवस्थामा पार्टीलाई विधिविहीन र कार्यकर्तालाई विवेकविहीन बनाउने कार्यविरुद्ध सङ्घर्ष गरिरहनेछु,’केसीले भने,‘निष्ठाको राजनीति र पार्टीको साख अभिवृद्धिका साथै सबल, सुदृढ र वैचारिक कांग्रेसका निम्ति सङ्घर्ष, समन्वय र सहकार्य गर्दै अघि बढिरहनेछु।’
मंसिर २१, २०७८ मंगलबार २१:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।