ललितपुरका २१ जातीय संस्था एकीकृत 

ललितपुरका २१ जातीय संस्था एकीकृत 

ललितपुर : ललितपुरका २१ जातीय संस्थाहरू एकीकृत भएका छन्। एकीकृत भएर ९ सदस्यीय तदर्थ समिति गठन भएको छ।

एकीकृत संस्थाको नाम यल जातीय समाज राखिएको र यसलाई ६ महिना भित्र कानुन अनुसार दर्ता गरिने तदर्थ समितिका सदस्य विष्णु लाल सिकःमिले जानकारी दिए। 

समाजका संयोजक एवं नेपाल तुण्डकार समाजका अध्यक्ष शिवराम तुण्डकारको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको उनले बताए। 

बढ्दो सहरी विकास र आधुनिक जीवनशैलीसँगै परम्परागत सांस्कृतिक महत्त्वका जात्रा पर्वसँगै जोडिएका विभिन्न आदिवासी तथा जातीय पहिचानसँग सम्बन्धित गुठीगाना, सामाजिक समस्याको निवारणमा सबै सामाजिक सङ्घसंस्था कानुनी र बिधिवत रूपमा दर्ता नभएको तदर्थ समितिका सदस्य विष्णु लाल सिकःमिले बताए। 

सबै खाले समस्यालाई सामूहिक रूपमा सम्बोधन गर्दै जाने लक्ष्य लिएर यल जातीय समाजलाई बिधिवत र कानुनी मान्यता सहितको सामूहिक संस्थाको रूपमा अगाडी बढाउन तदर्थ समितिको निर्माण गरिएको उनले बताए।

मंसिर २१, २०७८ मंगलबार २०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।