माधव नेपालको चेतावनी- पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा 'नो इन्ट्री'

माधव नेपालको चेतावनी- पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा 'नो इन्ट्री'

इटहरी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदका लागि मरिहत्ते नगर्न कार्यकर्तालाई आग्रह गरेका छन्। पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा कुनै स्थान नहुने चेतावनी समेत उनले दिएका छन्।

सुनसरीको इटहरीका आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेता नेपालले भने, ‘पद पाउन कम्युनिस्टमा लाग्नेले गरी खाँदैन। सामाजिक चेतना जागृत गर्ने लक्ष्यसहित पार्टीमा लाग्नुहोला। आफ्नो मिसन र भिजन प्रष्ट पार्नुहोस्। पदमात्र ओगट्नेको कम्युनिष्ट पार्टीमा काम छैन।’ 

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए। एमालेको चुनाव चिह्नप्रति इंगित गर्दै उनले भने, ‘सूर्यमा ग्रहण लागिक्यो। अब कलम चिह्नले सत्य कुरा मात्र लेखेर चेतनाको सञ्चार गराउँछ।’

समाजवादीका नेता नेपालले मिटर व्याजमा लाग्ने, मान्छेलाई दुःख दिने र गरिबलाई अन्याय गर्ने व्यक्ति पार्टीमा नलाग्न चेतावनी समेत दिएका थिए।

मंसिर २१, २०७८ मंगलबार १९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।