दुबइमा समातेर नेपाल ल्याइएको सुन तस्करीको आरोपी २ लाख धरौटीमा छुटे

दुबइमा समातेर नेपाल ल्याइएको सुन तस्करीको आरोपी २ लाख धरौटीमा छुटे

जिल्ला अदालत मोरङको आदेशमा उनी धरौटीमा छुटेका हुन्। न्यायाधीश भरत लम्सालको इजलासले अग्रवाललाई २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। यही अदालतले यस अगाडि सुन तस्करी प्रमाणित हुन नसकेको भन्दै सुन तस्करी र सनम शाक्य अपहरण र हत्या अभियोग लागेकाहरूलाई तस्करीमा सफाइ र अपहरण र हत्यामा मात्र सजाय तोकेको थियो।

सुन तस्करीमा अग्रवालको नाम समेत जोडिएको थियो। तर उनी दुबईमा बस्ने भएकाले प्रहरीले इन्टरपोलमार्फत रेड कर्नरमा राखेको थियो। रेड कर्नरमा रहेका ५० वर्षका अग्रवाल दुबईमा फेला परेपछि उताको सुरक्षा एजेन्सीले नियन्त्रणमा लिएर नेपाल पठाइदिएको थियो। उनको नाममा अदालतबाट वारेन्ट जारी भएको थियो।

अग्रवालमाथि सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा छ।

मंसिर २१, २०७८ मंगलबार १८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।