
जमिनदारसँग सुकुम्वासी लडेको अनुभव भयो : गुरु घिमिरे

उनले राजनीतिक रूपमा आफ्नो जित भएको बताउँदै प्राविधिक रूपमा मात्र पराजित भएको बताए।
प्रहरी परिचालन गरेर उम्मेदवारलाई समेत मतगणना स्थलमा प्रवेश गर्न नदिने काम भएको उनले बताए। ‘सत्ताको शक्ति दुरुपयोग गरेर म आफैलाई पनि मतगणना स्थलमा रोक्ने काम भयो,’घिमिरेले उकेरासँग भने,‘जमिनदारसँग सुकुम्वासी चुनाव लडेको अनुभव भयो।’
राजाको शासनमा मार्छु भन्दा समेत नडराएको बताउँदै उनले प्रहरीको घेरा तोडेर बल्लबल्ल मतगणना स्थलमा प्रवेश गर्नु परेको सुनाए। ‘म आफै उम्मेदवारलाई त त्यति गारो भएको थियो,’उनले भने,‘भएभरको शक्ति लगाएर मलाई हराउन लागे।’
प्रदेश १ को चुनावमा घिमिरे देउवा सिटौला प्यानलका उद्धव थापासँग २ मतले पराजित भएका थिए। प्रदेश अधिवेशनमा घिमिरेलाई उम्मेदवार बनाएका केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला मतदानमा सहभागी भएनन्। शेखरसँगै सुजाता कोइराला र महेश आचार्य पनि मतदानमा गएनन्।
घिमिरेले पुन मतगणनाका लागि निर्वाचन समितिमा अनुरोध गरेको र निर्णय पर्खेर बसेको बताए।
मंसिर २१, २०७८ मंगलबार १७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।