
रातभर बसेर पनि साझा उम्मेदवार तय गर्ने अडानमा पौडेल

पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, कोषाध्यक्ष सितादेवी यादव, केन्द्रीय सदस्यहरू शेखर कोइराला लगायतका नेताहरू नेताहरुबीच सभापतिको साझा उम्मेदवार तय गर्न छलफल भइरहेको हो।
छलफलमा सहभागी भएर बाहिरिएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले वरिष्ठ नेता पौडेलले सभापतिका आकाङ्क्षी रातभर बस्ने र साझा उम्मेदवार तय गर्ने प्रस्ताव गर्नु भएको जानकारी दिए।
घिमिरेका अनुसार पौडेलको प्रस्तावमा अरू नेता पनि सहमत भएका छन्। तर, ठाउँ भने तय भएको छैन। नेताहरूले भोलिसम्म टुङ्ग्याउने भनेको र पौडेलले आजै राति टुङ्ग्याउनु पर्ने बताउनु भएको घिमिरेले जानकारी दिए।
मंसिर २१, २०७८ मंगलबार १७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।