
कांग्रेस सह-महामन्त्रीमा शिव हुमागाईंले उम्मेदवारी दिने

कांग्रेसको १४औं महाधिवेशनमा हुमागाईंले सह-महामन्त्रीमा उम्मेदवारी दिने जानकारी दिए।
पूर्वमहामन्त्री कृष्ण सिटौला समूहका केन्द्रीय सदस्य हुमागाईंले उम्मेदवारी दिने औपचारिक घोषणा गर्न भने बाँकी रहेको बताए।
‘चार वर्ष केन्द्रीय सदस्य भएर काम गरें,’ हुमागाईंले उकेरासँग भने, ‘१४औं महाधिवेशनमा सह-महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको छु।’
काभ्रेका नेता हुमागाईं अहिले केन्द्रीय सदस्यसँगै कांग्रेसको श्रमिक एवं ट्रेड युनियन विभागका प्रमुख छन्।
सिटौला समूहबाटै युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन्।
मंसिर २१, २०७८ मंगलबार १६:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।