दुई मतले प्रदेश सभापतिमा पराजित भएका गुरुराजले भने : ममाथि राजनीतिक हिंसा भयो

दुई मतले प्रदेश सभापतिमा पराजित भएका गुरुराजले भने : ममाथि राजनीतिक हिंसा भयो

संस्थापन इतर समूहबाट उम्मेदवार बनेका उनी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहका उम्मेदवार उद्धव थापासँग दुई मतको अन्तरले पराजित भएका थिए। घिमिरे रामचन्द्र पौडेल समूहका उम्मेदवार थिए। सभापतिका आकांक्षी शेखर कोइराला, सुजाता कोइराला र उप-सभापतीका आकांक्षी महेश आचार्य भोट हाल्न नजाँदा उनी २ मतले पराजित भएका थिए। यी तीनै नेता संस्थापन इतर समूहका हुन्।

मङ्गलवार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गत प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिएर पार्टी सभापति देउवाले आफूमाथि राजनीतिक हिंसा गरेको प्रतिक्रिया दिँदै यस पटक सत्ताको दुरुपयोग गरेर पुन राजनीतिक हिंसा भएको दाबी गरे।

१६३४ मत गणना हुँदासम्म आफ्नो अग्रता रहेको तर, ११५ मत गन्दा चमत्कारिक रूपमा २ भोटले हारेको देखाइएको भन्दै उनले पुनः मतगणनाको माग समेत गरेका छन्। पुन मतगणनाका लागि प्रदेश निर्वाचन समितिमा निवेदन दिए पनि केन्द्रले आलटाल गरेको उनको आरोप थियो।

मंसिर २१, २०७८ मंगलबार १६:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।