राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक 

राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक 

आयोगले पुस १७ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने र १९ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुने जनाएको छ। 

राष्ट्रिय सभा उपनिर्वाचनमा पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम आयोगले सार्वजनिक गरेको छ। 

पुस २५ गते नै आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ। आयोगले माघ १२ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको मतदान केन्द्रमा मतदानको कार्यक्रम राखिने जनाएको छ।

मंसिर २१, २०७८ मंगलबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।