नेप्से ३७ अङ्कले घट्यो, कारोबार ३ अर्ब १२ करोड 

नेप्से ३७ अङ्कले घट्यो, कारोबार ३ अर्ब १२ करोड 

२३१ कम्पनीका ८३ लाख ३० हजार ९३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ। 

नेप्सेका १३ उपसमूह मध्ये व्यापार र म्युचुअल फन्ड बाहेकका उपसमूह राताम्मे भएका छन्। व्यापार उपसमूह २१.५३ अङ्कले र म्युचुअल फन्ड ०.१२ अङ्कले बढेको छ। 

निर्जीवन बिमा उपसमूह १६०.९८ अङ्कले घटेको छ। विकास बैङ्क १४०.९५, उत्पादन तथा प्रशोधन ९२.०३ र जलविद्युत उपसमूह ७४.६९ अङ्कले घटेको छ।

मंसिर २१, २०७८ मंगलबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।