म्यानपावर सञ्चालकलाई धम्क्याएर ९० लाख कमिसन माग्ने २ गुन्डा पक्राउ

म्यानपावर सञ्चालकलाई धम्क्याएर ९० लाख कमिसन माग्ने २ गुन्डा पक्राउ

काठमाडौँ पानीपोखरीमा रहेको युनिभर्सल ईन्टरनेशनल म्यानपावर कम्पनीका सञ्चालकलाई 'हामीहरू यस एरियाका दादा हौँ' भन्दै म्यानपावरले विदेश पठाएका व्यक्तिहरूबाट लिएको रकम मध्ये कम्तीमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ दरले कमिसन दिनुपर्छ भन्दै पटक पटक धम्की दिएको आरोपमा उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।

उनीहरूले मङ्सिर १६ गते कम्पनीका सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरू समेतलाई ज्यान मार्ने धम्की दिई थप रकम माग गर्दै हातपात गरेको सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँ मित्र पार्कबाट पक्राउ गरेको हो।

उनीलाई आपराधिक लाभ लिएको कसुर मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ।

 

मंसिर २१, २०७८ मंगलबार १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।