प्रहरीमाथि नै अश्लील शब्द प्रयोग र हातपात गरेपछि...

प्रहरीमाथि नै अश्लील शब्द प्रयोग र हातपात गरेपछि...

उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। सोही नगरपालिका-९ स्वर्णपट्टी चोकमा ड्युटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा दास पक्राउ परेका हुन्। 

दासले प्रहरीलाई अनावश्यक अश्लील शब्द प्रयोग गरी गाली गर्दै हिँडेपछि प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले उनलाई सम्झाई बुझाई गरेको थियो। तर उल्टै प्रहरी कर्मचारीमाथि नै हातपात गरेपछि उनलाई पक्राउ गरिएको हो।

यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर २१, २०७८ मंगलबार १४:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।