
उपत्यकाबाट मोटरसाइकल चोरी गर्ने गिरोह नै पक्राउ

पक्राउ पर्नेमा रौतहट चन्द्रनिगाहपुर-९ सन्तपुर घर भई हाल कीर्तिपुर बस्ने वर्ष १९को नर कुमार पुडासैनी, जुम्ला सिंङ्जा गाउँपालिका-६ का हाल कीर्तिपुर बस्ने वर्ष २०को पुन्दलाल बुढा, काठमाडौं बस्ने वर्ष २२का सन्तोष महर्जन, रौतहट गुजरा-२ घर भई हाल सानोभर्याङ बस्ने वर्ष ३४को ज्ञानेन्द्र चौधरी, सोही नगरपालिकाको वडा नम्बर ३का हाल बानेश्वर बस्ने ३२ वर्षीय रविकुमार कुशवाहा, उदयपुरका हाल कीर्तिपुर बस्ने कमलबहादुर बस्नेत र बारा गढिमाई घर भई कीर्तिपुर बस्ने वर्ष २२को रञ्जितप्रसाद गुप्ता रहेका छन्।
प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार पक्राउ परेका चौधरी यसअघि पनि मोटरसाइकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन्। रौतहटका चौधरी रकुशवाहा मोटरसाईकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिए।
पक्राउ परेका गुप्ता र सन्तोष महर्जनले ग्राहकहरू खोज्ने र सस्तो मूल्यमा मोटरसाइकल किनबेच गर्ने मुख्य भूमिका समेत खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ।
यस्तै प्रहरीले उनीहरूका साथबाट ७ थान मोटरसाइकल पनि बरामद गरेको छ। पक्राउ गरिएको मोटरसाइकल र चोरीमा संलग्नहरूलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाइएको महाशाखाले जनाएको छ।
मंसिर २१, २०७८ मंगलबार १३:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।