सुन तोलामा दुई सयले घट्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सयले घटेको छ। आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यता आज चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।
मंसिर २१, २०७८ मंगलबार ११:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।