
सोमबार ०२ भदौ, २०८२
कांग्रेस बागमतीको अन्य पदाधिकारी पनि टुंगियो

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बागमती प्रदेशको पदाधिकारी चयन भएका छन्। सोमबार सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन्।
यस्तै महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी भएका छन्। यस्तै महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल विजयी भएकी छिन्।
खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भएका छन्। यसअघि नै कांग्रेस बागमतीको सभापतिमा भने ईन्द्र बानियाँ विजयी भइ्सकेका छन्।
मंसिर २१, २०७८ मंगलबार १०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।