
सोमबार ०२ भदौ, २०८२
'साझा उम्मेदवार' छान्न आज पनि पौडेल समूह बैठक बस्ने

काठमाडौंः नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक आज पनि बस्ने भएको छ। पार्टीको भावी सभापतिका लागि 'साझा उम्मेदवार' तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्ने भएको हो।
बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ। सभापतिका आकांक्षी प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बस्दै छ।
हिजो बसेको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बैठक बस्न लागेको हो।
कांग्रेसको १४औं महाधिवेशन यही मङ्सिर २४ गतेबाट सुरु हुँदैछ।
मंसिर २१, २०७८ मंगलबार ०९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।