कोटेश्वरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, चालकको मृत्यु

कोटेश्वरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, चालकको मृत्यु

काठमाडौंः कोटेश्वरस्थित आकाशेपुलनजिकै गए राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खलाको उपचारको क्रममा सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको हो।

सडक किनारामा रोकीराखेको ना६ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०२–०२७प ५९३७ नम्बरको मोटरसाइकल गए राति सवा २ बजे ठोकिएको थियो। दुर्घटनामा संलग्न सवारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

मंसिर २१, २०७८ मंगलबार ०८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।