बैतडी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो

बैतडी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो

बैतडीः सोमबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो।

यसअघि दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

यस्तै दुर्घटना अन्य ५ जना घाइते भएका छन्। घाइतेमध्ये पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईको अवस्था गम्भीर रहेको छ। यी दुवैलाई थप उपचारका लागि डडेलधुरा सिफारिस गरिएको छ। अन्य घाइतेको पाटन प्राथमिक उपचार केन्द्रमै उपचार भइरहेको छ।

से१ज ८८८ नंको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटनामा परेको हो। 

मंसिर २१, २०७८ मंगलबार ०८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।