६ घण्टे भारत भ्रमण सकेर फर्किए रुसी राष्ट्रपति पुटिन

एजेन्सीः रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतको एक दिने भ्रमण सकेर रुस फर्किएका छन्। उनले भारतमा केवल ६ घण्टा मात्र बिताए।
भारतमा उनी दिल्लीस्थित हैदराबाद हाउसमा बसेका थिए। यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको भेटघाट भएको थियो। यही क्रममा दुई देशबीच २८ वटा विभिन्न सम्झौता समेत भयो।
भारत र रुसबीच पछिल्लो वर्ष व्यापारमा १७ प्रतिशतले गिरावट आएको थियो। यसवर्ष भने दुवै देशबीचको व्यापार ३८ प्रतिशतले वृद्धि भएको छ।
यता पुटिनले पनि भारतलाई भरोसायोग्य मित्रराष्ट्रको रूपमा हेरिएको बताए।
मंसिर २१, २०७८ मंगलबार ०७:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।