मौसम अपडेट: प्रदेश १ र बागमतीमा वर्षाको सम्भावना

मौसम अपडेट: प्रदेश १ र बागमतीमा वर्षाको सम्भावना

काठमाडौंः आज प्रदेश १ र बागमतीमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली भएको छ।

यस्तै हाल देशका थोरै भूभागमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि यही मौसम प्रणाली जारी रहनेछ।

मंसिर २१, २०७८ मंगलबार ०७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।