
'साझा उम्मेदवार' नखोजी टुंगियो पौडेल समूहको छलफल

काठमाडौंः नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको 'साझा उम्मेदवार' तय गर्न बसेको छलफल बिनानिष्कर्ष टुंगिएको छ। पौडेलले आफ्नो समूहबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार छान्न आज अपराह्न बैठक बोलाएका थिए।
पौडेल समूहबाट उनीसहित शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापतिमा दावी गरिरहेका छन्। उनीहरूमध्येबाट एक जना छान्ने गरी बसेको आजको बैठकले साझा उम्मेदवार तय गर्न नसकेको हो।
यता संस्थापन पक्षबाट शेरबहादुर देउवाले उम्मेदवारी दिने बताइसकेका छन्।
आजको बैठकले साझा उम्मेदवार पहिल्याउन नसकेपछि पुनः अर्को बैठक बस्ने भएको छ। यता, महाधिवेशन मिति नजिकै आएकाले पनि उनीहरूलाई उम्मेदवार टुंग्याउन दबाव छ।
मंसिर २०, २०७८ सोमबार २२:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।