पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, दुई सैनिक पाइलटको मृत्यु

एजेन्सीः पाकिस्तानमा हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको छ। गिलगिट-बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको हो।
मृत्यु हुने पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए। हालसम्म दुर्घटनाको कारण खुलेको छैन। दुर्घटनालगत्तै खोजी र उद्धार टोली घटनास्थलमा पुगेको थियो।
घटनाको थप विवरण आउन बाँकी रहेको छ।
मंसिर २०, २०७८ सोमबार २१:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।