
९० लाखभन्दा बढी असुल्न खोज्ने दुई जना पक्राउ

काठमाडौंः प्रहरीले रकम असुल्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं सुकेधाराका ४० वर्षीय मिलन जोशी र दोलखाका ३५ वर्षीय रविन्द्र बस्नेतलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।
उनीहरूले एक म्यानपावर कम्पनीका सञ्चालकलाई विदेश पठाएका व्यक्तिबाट लिएको रकममध्ये प्रतिव्यक्ति रु २५ हजारका दरले ९० लाख २५ हजार असुल्न खोजेको अभियोग छ। उनीहरूले कमिशन र दशैं खर्च मागेर सञ्चालक र सञ्चालकका परिवारलाई ज्यान मार्ने धम्की दिएको महाशाखाले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि ‘आपराधिक लाभ लिएको कसुर’ मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मंसिर २०, २०७८ सोमबार २१:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।