
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौंः आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१० कुपण्डोल डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेल रहेका छन्।
उनकी श्रीमती ३५ वर्षीया जानुका भुजेल आफ्नै कोठामा मंसिर १६ गते मृत अवस्थामा फेला परेकी थिइन्। एक्काराजले घाँटीमा कपडाले कसी जानुकाको हत्या गरेको खुल्न आएपश्चात घटनाको अनुसन्धानमा खटिएको प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो।
उनीउपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
मंसिर २०, २०७८ सोमबार २१:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।